बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र (सिडिएम) नेपालले रुपन्देहीको देवदहमा रहेको आईसोलेशन सेन्टर (कोरोना अस्थायी अस्पताल)लाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । दाताको सहयोगमा देवदहको आईसोलेशन सहित लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवाको भिम अस्पतालमा समेत स्वास्थ्य उपकरण प्रदान गरिएको सिडिएम नेपालका अध्यक्ष बिनोद घिमिरेले जानकारी गराउनु भयो ।
कोरोना भाईरस संक्रमणको महामारीबाट जुध्नको लागि स्थानीय सरकारसंग हातेमालो गरिएको बताउँदै सबैको सहयोग र सहकार्यबाट कोभिडलाई कोभिडलाई जित्न सकिने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।
संस्थाले प्रदान गरेको स्वास्थ्य उपकरण ग्रहण गर्दै देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले नगरपालिकाले सञ्चालन गरेको आईसोलेशन मात्रै नभएर डाक्टरकै टिममा अस्थायी प्रकृतिको अस्पताल नै सञ्चालन गरिएको उल्लेख गर्नुभयो । उहाँले संस्थाले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गहन तरिकाले सहकार्य हुने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाले देवदह आईसोलेशन सेन्टरको लागि बेड, बेडिनङ्क मेटेरियल मटरेस, सिरानी तन्ना समेतको २० सेट, १० थान मेडिकल टेन्ट, १० थान ब्लाङ्केट र ६ थान नेबुलाईजर मेसिन प्रदान गरेको हो ।
त्यस्तैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा १ हजार पिस एन ९५ मास्क, २० थान पिपिई सेट, ९६ थान पिसिआर टेष्टिङ् किट, ३८ थान भिटिएम टेस्टिङ् किट, २५ थान एक्ट्याक्सन र १० थान पल्स अक्सिमिटर सहित सर्जिकल मास्क तथा सेनिटाईजर प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी गराउनु भयो । उहाँका अनुसार भैरहवाको भिम अस्पताललाई १५ थान ब्लाङ्केट, एन ९५ मास्क एक हजार पिस, पिपिई २० सेट, नेगोलाईजर, पोर्टेवल सक्सन सहित सेनिटाईजर तथा सर्जिकल मास्क प्रदान गरिएको छ ।
Source: https://www.lumbinionline.com/30596/