भीम अस्पताललाई कोभिड–१९ द्रुत प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री प्रदान

भीम अस्पताललाई कोभिड–१९ द्रुत प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री प्रदान

बिकास तथा प्रकोप ब्यबस्थापन केन्द्र नेपाल सिडिएम नेपालले भिम अस्पताल भैरहवालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड–१९ द्रुत प्रतिकार्य कार्यक्रम अन्तर्गत सिडिएम नेपालले अस्पतालका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । अस्पताल बिकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी, मेडिकल सुपरिटेन्डेन्ट सकुन्तला गुप्तालाई संस्थाको तर्फबाट  गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष गोबिन्द प्रसाद रेग्मी, सिडिएम नेपालका कार्यक्रम अधिकृत स्मृति पाठक तथा संस्थाका सल्लाहकार जगन्नाथ कुर्मीले उक्त सामाग्री संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण गरिएको सामानहरुमा १५ थान ब्लाङकेट, एन ९५ मास्क एक हजार थान, पिपिईसेट २० थान, सेनिटाईजर ५० थान, सर्जिकल ग्लोव ७ सय थान, पिसिआर टेस्टीङ किट ९६ थान, भिटिएम टेस्टीङ किट ३७ थान, एक्सट्रेक्शन किट २५ थान र पल्स अक्सिमिटर ८ थान रहेको छ ।

कार्यक्रममा गैसस महासंघका प्रदेश अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले कोभिड १९ को द्रुत प्रतिकार्यका लागि महासंघको पहलमा समाज कल्याण परिषद्ले प्रत्येक परियोजनाको वजेटबाट २० प्रतिशत रकम छुट्याउनु पर्ने व्यवस्था गरेको र सिडिएम नेपाल लगायतका सामाजिक संघ संस्थाहरुले मानवीय कार्य तथा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

अस्पताल बिकास समितिका अध्यक्ष नारायण भण्डारीले सामाजिक सघ संस्था हरुको यस किसिमको कार्य प्रसंसनीय भएको उल्लेख गर्दै सामग्री प्रदान गर्ने संस्था भिडिएम नेपाल तथा सम्बन्धित साझेदार संस्था कारितास नेपाललाई धन्यवाद दिए ।

Source: भीम अस्पताललाई कोभिड–१९ द्रुत प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री प्रदान- CDMNepal